त्रिविले आजदेखि अनलाइनबाट सेवा दिने,यसरी दिनुहोस् आवेदन

त्रिविले आजदेखि अनलाइनबाट सेवा दिने,यसरी दिनुहोस् आवेदन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि आफ्ना सेवा अनलाइनबाटै दिने भएको छ। 

कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा अनलाइबाटै लिन सकिने कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यो सेवा आज बिहान १० बजेदेखि सञ्चालन हुनेछ। 

केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशन गरी जानकारी दिने कार्यालयले बताएको छ। 

हाल काठमाडौंको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयबाट मात्र लिन सकिनेछ । त्यसका लागि लाइन बसेर निवेदन दिने र शुल्क तिर्नुपर्ने बाध्यता छ ।

यसका लागि https://tuexam.edu.np मा लगइन गर्ने सर्टिफकेट लिंकमा क्लिक गर्ने । साइनअप गरेपछी इमेलमा एउटा लिंक देखाउछ र सो लिंक क्लिक गर्ने ।

रजिस्ट्रेसन स्लीप अपलोड गर्ने इन्टरफ्रेस आउछ र यो अपलोड गर्ने ।

त्यसपछी ट्रान्सकिप्ट मा गएर आवश्यक सूचना भर्ने, त्यसै गरी अन्य सेवा आवश्यक भए सोही अनुसार माग गरिएको सेवामा क्लिक गरी माग भएको सूचना उपलब्ध गराउने र अनलाइनमा उल्लेख गरिएको सूचना अनुसार फारम भर्ने र सोही अनुसार बैंकमा तोकिएको रकम जम्मा गरी अन्त्यमा सवमिट(submit) गर्ने ।

सवमिट (submit) भएपछी सम्बन्धित शाखाबाट उक्त सूचनाको आधारमा सेवा प्रवाहको प्रकृया शुरु गर्नेछ । सबै प्रक्रिया मिलेको खण्डमा ट्रान्सकिप्ट प्रिन्टको प्रकृयामा जानेछ। प्रमाणिकरण गरी तयार भएको ट्रान्सकिप्टको सूचना सेवा ग्राहीलाई पठाइने बताइएको छ।

Recent Comments

No comments to show.