नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच छलफल

नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच छलफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडां) र एशियाली विकास बैंकका पदाधिकारीहरु विच विभिन्न विषयहरुमा विस्तृत छलफल भएको छ ।  उक्त छलफल नाडाको सचिवाल टेकुमा आइतबार सम्पन्न भएको हो ।  

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा बसेको सो छलफलमा विशेषगरी नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतिय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडी बढने भन्ने विषयमा छलफल भएको थियो ।  

यस्तै यसक्रममा अर्को पटक समेत छलफल गर्ने तय गरिएको नाडाले जनाएको छ ।  

उक्त बैठकमा सो प्रोजेक्टका तर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो ।  

त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।  

Recent Comments

No comments to show.