‘अगस्त्य : च्याप्टर १’को टिजर सार्वजनिक (भिडिओ)

‘अगस्त्य : च्याप्टर १’को टिजर सार्वजनिक (भिडिओ)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी फागुन १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘अगस्त्य : च्याप्टर १’को टिजर सार्वजनिक गरिएको छ ।

आइबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा सौगात मल्ल, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, नाजिर हुसेनलाई स्थान दिइएको छ।

सस्पेन्स-थ्रिलर फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झालगायत कलाकारको अभिनय छ। फिल्मलाई संजय लामाले छायांकन गरेका हुन्। 

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ। फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्। फिल्मलाई नेपालभर डिसिएनले वितरण गर्नेछ। यो फिल्म फागुन १८ गतेदेखि प्रदर्शन हुनेछ।

Recent Comments

No comments to show.