ओलीले भने -‘ज्ञानेन्द्र कुशका राजा थिए, दरबार हत्याकाण्डबारे अफवाह फैलाए’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गरेका छन् ।

आफूले अभिनय गर्ने फिल्म ‘नमेटिने घाउ’ को पत्रकार सम्मेलनमा पत्रकारहरूसँग गफगाफ गर्ने क्रममा दरबार हत्याकाण्डबारे टिप्पणी गरेका हुन् ।

हालैमात्रै पूर्वराजा ज्ञानेन्द्रले हत्याकाण्डमा भ्रम फैलाएर आफूहरूलाई आरोपित गरिएको भनेर गुनासो गरेको विषयमा पत्रकारले ओलीको प्रतिक्रिया मागेका थिए ।

दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै उनले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको बताए । उनले भने, ‘बाहुनले बाहुन भनेर टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै कुशको राजा हुन् ।’

दरबार हत्याकाण्ड भयानक षड्यन्त्र भएको भन्दै उनले भने, ‘त्यो षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य गर्‍यो । राजतन्त्र समाप्त गर्‍यो ।’

राजाको जेठो छोरा राजा हुने व्यवस्था भए पनि कान्छो छोराछोरी समेत मारिएकाले त्यही बेला राजतन्त्र समाप्त भएको उनले बताए ।

दीपेन्द्र आफैँ मरेर मरेपछि हान्यो ? एउटा राजा हुन लागेको मान्छे त्यसरी मर्छ ? अगाडि-पछाडिबाट उसैले गोली हान्छ, ३-३ वटा राइफल एउटा पेस्तोल एकैजनाले बोकेर कुद्छ, यस्तो कुरापनि पत्याउने ?’

दीपेन्द्रको प्रेम कहानी भनेर यस्ता वाहियात कुराको पछाडि कुद्न हुन्छ ? त्यो भयानक षड्यन्त्र थियो ।’

यो पनि

जो कोहीले तेजाव प्राप्त गर्ने हुनुहुँदैन : अध्यक्ष ओली

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।