युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीद्धारा बार्षिक साधारणसभा घोषणा

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीद्धारा बार्षिक साधारणसभा घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३० औं बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ ।

कम्पनीले आव २०७९।८० को बार्षिक साधारणसभा आगामी फागुन ६ गते आइतबार अनमोल ब्याङ्क्वेट काठमाडौंमा ३० औं बार्षिक साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

सभामा कम्पनीको हाल कायम चुक्ता पुँजी एक अर्ब ९० करोड ४५ लाख ६८ हजारको १०.२६१२ प्रतिशतले हुन आउने १९ करोड ५४ लाख ३२ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशतले हुन आउने एक करोड दुई लाख ५८ हजार आठ सय ९४ रुपैयाँ लाभांश प्रस्ताव पनि पेश गरि पारित गरिने जनाइएको छ । साधारणसभा प्रयोजनार्थ माघ २२ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात माघ २१ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।

Recent Comments

No comments to show.