छुट्ला है, अरुण भ्याली हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

छुट्ला है, अरुण भ्याली हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले शतप्रतिशत हकप्रद प्रयोजनार्थ भोलि (माघ १५ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

अरुण भ्यालीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो।

कम्पनीले हकप्रदबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माण गर्न स्वपूँजीबापत पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने जनाएको छ।

त्यसैगरी, बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा लिएको बैंकको ऋण तिर्ने जनाएको छ ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले गर्नेछ।

Recent Comments

No comments to show.