आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरका दीपक र दिपाश्री

आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरका दीपक र दिपाश्री

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ब्राण्ड एम्बेसडरमा कलाकार दीपकराज गिरी र दिपाश्री निरौला नियुक्त भएका छन्।

शुक्रबार पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमका बीच दीपकराज गिरी, दिपाश्री निरौला र आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमुख कार्यकारी अधिकृत कवि फुयालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापश्चात इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका प्रचार-प्रसार, विभिन्न क्रियाकलापहरूमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धिलगायत बीमा सचेतनामा ब्राण्ड एम्बेसडरहरूको महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताए।

साथै, नवनियुक्त ब्राण्ड एम्बेसडर दीपकराज गिरी र दिपाश्री निरौलाले कम्पनीसँग आबद्ध हुन पाएकोमा गौरव महसुस गरेको बताए।

Recent Comments

No comments to show.