टर्की राष्ट्रपतिद्वारा स्विडेनको नाटो सदस्यता अनुमोदन

टर्की राष्ट्रपतिद्वारा स्विडेनको नाटो सदस्यता अनुमोदन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशको आधिकारिक राजपत्रमा प्रकाशित प्रोटोकलअनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नाटोमा स्वीडेनको सदस्यतालाई अनुमोदन गरेका छन् ।

टर्की संसदले पश्चिमी सैन्य गठबन्धनमा सामेल हुने स्विडेनको प्रश्तावलाई अनुमोदन गर्ने विधेयक पारित गरेको दुई दिनपछि एर्दोगानले यो कानून प्रकाशित गरेका हुन ।

टर्कीको संसदले ग्राण्ड नेशनल एसेम्बलीमा भएको बहसपछि उक्त विधेयकमा मतदान गरेको थियो ।

मतदानमा कुल ३ सय ४६ सांसदले भाग लिएका थिए जसमा पक्षमा २८७, विपक्षमा ५५ र अनुपस्थित चार मत परेका थिए । रुसले २०२२ मा युक्रेनमा आफ्नो सैन्य अभियान शुरु गरेपछि स्वीडेन र फिनल्याण्डले नाटोमा सामेल हुन आवेदन दिएका थिए ।

Recent Comments

No comments to show.