काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले माघ १५ गतेदेखि ट्रान्सकिप्टलगायत सेवा अनलाइनबाटै उपलब्ध गराउने भएको छ । यससँगै ट्रान्सकिप्ट लिने तथा फारम भर्नेजस्ता कामका लागि लाइन बस्न नपर्न भएको छ ।
यसका लागि टियुएक्जाम डट इडियु डट एनपीमा लगइन गर्ने सर्टिफकेट लिंकमा क्लिक गर्ने । साइनअप गरेपछी इमेलमा एउटा लिंक देखाउछ र सो लिंक क्लिक गर्ने ।
रजिस्ट्रेसन स्लीप अपलोड गर्ने इन्टरफ्रेस आउछ र यो अपलोड गर्ने ।
त्यसपछी ट्रान्सकिप्ट मा गएर आवश्यक सूचना भर्ने, त्यसै गरी अन्य सेवा आवश्यक भए सोही अनुसार माग गरिएको सेवामा क्लिक गरी माग भएको सूचना उपलब्ध गराउने र अनलाइनमा उल्लेख गरिएको सूचना अनुसार फारम भर्ने र सोही अनुसार बैंकमा तोकिएको रकम जम्मा गरी अन्त्यमा सवमिट गर्ने ।
सवमिट भएपछी सम्बन्धित शाखाबाट उक्त सूचनाको आधारमा सेवा प्रवाहको प्रकृया शुरु गर्नेछ । सबै प्रक्रिया मिलेको खण्डमा टुन्सकृष्ट प्रिन्टको प्रकृयामा जानेछ। प्रमाणिकरण गरी तयार भएको ट्रान्स्कृप्टको सूचना सेवा ग्राहीलाई पठाइने बताइएको छ।
प्रतिक्रिया