लिखु गाउँपलिकामा कृषक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लिखु गाउँपलिकामा कृषक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । राष्ट्रिय राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश र जिल्ला कार्य समिति नुवाकोटको आयोजनामा  ‘कृषक नै हो अन्न दाता, हामी सबैको भाग्य विधाता’ भन्ने मुल नाराका साथ बृहत कृषक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नुवाकोटको लिखु गाउँपलिकामा सप्पन्न उक्त कार्यक्रममा कृषि  विज्ञ भुवन भट्ट, अर्गानिक खेती विज्ञ तथा अभियान्ता सोपाल घिमिरे,सहकारी अभियान्ता मोहन सिंह गुरुङ,उत्प्रेरत वक्ता जगदिश शर्मा लगायतका व्यक्तित्वहरुको उपस्थितिमा पालिका भित्रका कृषकहरुको वास्तविक समस्या पहिचान र समाधानको बाटो देखाउने विषयमा छलफल गरेका थिए ।

रास्वपा केन्द्रीय सदस्य रामकृष्ण भट्टराई ,रास्वपा बागमती प्रदेश सभापती डा अचुतम लामिछाने ,रास्वपा नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेल ,संघिय निर्वाचन नुवाकोट १ प्रत्यासि रास्वपा नेता प्रधुम्न महत लगायतले कृषि क्षेत्रको उत्पादन, वितरण लगायत सबै कृषकहरुको जिवन स्तर माथी उठाउने विषयमा आ आफनो धारण व्यक्त गरे ।

कार्यक्रममा बोल्दै रास्वपा पन्चकन्या गाउपालिका सचिव रामचन्द्र कार्किले कृषक भेला तथा अन्तरक्रिया कार्यक्रमलाइ निरन्तर दिने र कृषि क्षेत्रको अनुदान देशैभरी अनुत्पादक क्षेत्रमा बढी लगानि भएकोले हामीले ध्यान दिएर आगामी दिनमा उत्पादन मूलक क्षेत्रमा लगानी गर्न सबैमा अनुरोध गरे ।

कार्यक्रममा रास्वपा बागमती प्रदेश सदस्य सुमन कुमार धिताल, बागमती प्रदेश सदस्य शरण महत,सुचना तथा संचार प्रविधि विभाग भिम न्यौपाने,अभियान तथा प्रचार प्रसार विभाग सचिव हरि भन्डारि र लिखु गाउपालिका सभापति विष्णु कुमार क्षेष्ठ लगायतको उपस्थिति रहेको थियो

कार्यक्रममा ८० जना कृषकहरूको सहभागिता रहेको थियो। यस कार्यक्रमबाट प्राविधिक ज्ञान, जल, बीउविजन, रोग कीरा नियन्त्रण, बजार व्यवस्था उत्पादन वृद्धि गर्नका लागि मल हाल्ने तरिका, काटछाँट गर्ने तरिका, सिंचाइ गर्ने तरिका लगायतको जानकारी पाएको कृषकहरूले बताए। 

Recent Comments

No comments to show.