काठमाडौं । नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित ३ जना घुससहित पक्राउ परेका छन्। उनीहरु साढे २ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन्।
यादवसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार पक्राउ पर्नेहरुमा यादवसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारी छन्।
जग्गा कित्ताकाँट गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग उनीहरुले घुस लिएका थिए। घुस लिँदै गरेको अवस्थामा नापी परिसरबाटै उनीहरुलाई पक्राउ गरिएको हो।
प्रतिक्रिया