काठमाण्डौं । नेपाली बजारमा सुनको मूल्य दुई दिनदेखि स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, मंगलबार चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ३७० रुपैयाँ तोकिएको छ । चाँदी सोमबार प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार २७ दशमलव ४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव २८ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया