त्रिविको उपकुलपति बन्न ४३ जनाको आवेदन,क-कसले दिए दरखास्त ?

त्रिविको उपकुलपति बन्न ४३ जनाको आवेदन,क-कसले दिए दरखास्त ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुुवन विश्वविद्यालयको उपकुलपतिमा ४३ जनाको दरखास्त परेको छ। दरखास्त दिनेमा विश्वविद्यालयका बहालवाला उपकुलपतिले समेत त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुन दरखास्त हालेको उपुकलपति सिफारिस समितिका सदस्य तथा शिक्षा सचिव सुरेश अधिकारीले जानकारी दिए।

मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्रा. नन्दबहादुर सिंह, त्रिविकै कार्यवहाक उपकुलपति शिवलाल भुषाल, त्रिविकै पूर्व उपकुलपति तीर्थ खनियाँ, राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष चन्द्रमणि पौडेल, खुला विश्वविद्यालयका पूर्व उपकुलपति लेखनाथ शर्मा, टंक धमला, महानन्द चालिसे, भोजराज अर्याल, प्रकाश घिमिरे, केदार घिमिरे, कृष्णराज तिवारी छन्।

पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल, पूर्वरेक्टर गुणनिधि न्यौपाने, गण्डकी विश्वविद्यालयका उपकुलपति नवराज देवकोटा, त्रिवि मानविकी संकायकी डिन कुसुम शाक्य, शिक्षा संकायका डिन चित्रबहादुर बुढाथोकी, त्रिवि कार्यकारी परिषद्का सदस्य महानन्द चालिसे, ताहाचल क्याम्पसका प्राध्यापक भीमसेन देवकोटा, त्रिरत्न बज्राचार्य, संगीता रायमाझी, गोविन्द सुवेदी, प्रकाश घिमिरे, केदारनाथ घिमिरे, पूर्वडिनहरू कृष्णराज तिवारी, इन्द्रबहादुर कार्की, राजकुमार पोखरेल, बालमुकुन्द रेग्मी, एकराज ओझा, देवबहादुर खड्का, अक्कल देव मिश्र, प्रमोदकुमार झालगायतले आवेदन दिएका छन्।

विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएसँगै विश्वविद्यालय कार्यवाहक उपकुलपतिका भरमा सञ्चालनमा छ। नयाँ उपकुलपतिको पदपूर्ति नभएसम्म विश्वविद्यालयको दैनिक कार्य सञ्चालनका लागि कुलपति समेत रहेका प्रधानमन्त्रीले शिक्षाध्यक्ष प्रा।डा। शिवलाल भुषाललाई तीन महिनाका लागि जिम्मेवारी तोकेका छन्।

Recent Comments

No comments to show.