ललितपुर। नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ ललितपुरकाे आयाेजनामा युवा लक्षित ब्यक्तित्व बिकास एवम् क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।
हिमालयन हाउस एण्ड रिसोट धुलिखेलमा सम्पन्न उत्त तालिममा उक्त क्षेत्रका ५० जना नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको नेपाली कांग्रेस ललितपुर सूचना प्रविधि संयोजक उपेन्द्र अर्यालले जानकारी दिए ।
आइतबार सम्पन्न तालिममा नेपाली कांग्रेस ललितपुर जिल्ला उपसभापति एवम् बागमती प्रदेश प्रशिक्षण बिभाग सदस्य सुदर्शन घिमिरेले प्रशिक्षणले व्यक्तिको क्षमता र नेतृत्व बिकासमा थप सहयोग पुगेकाे र साेही अनुसार संगठन चलायमान बनाउन र जनविश्वास जित्ने गरी संगठनमा क्रियाशील हुन सहयाेग पुग्ने बिश्वास व्यक्त गर्नु भयो ।
प्रशिक्षणमा कांग्रेस ललितपुरका सचिव बशिष्ठ कुमार अधिकारी र लाईफ कोच एण्ड मोटीभेटर उषा मल्ल सिंहले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका उपसभापति बिजेस अवाले, सचिव श्री रूद्र ढुंगाना, ललितपुर सहकारी कर्मी श्री केदार गोर्खाली, नेपाली कांग्रेस क्षेत्र नं २ प्रदेश सभा ख सभापति श्री दिवाकर नेपाल, नेपाली कांग्रेस ललितपुर सूचना प्रविधि संयोजक उपेन्द्र अर्याल, कार्यालय सचिव अनुप घिमिरे, सुसान्त घिमिरे क्षेत्र नं २ क्षेत्रीय कार्यसमिति लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो
प्रतिक्रिया