काठमाडौंका यी ठाउँमा आज ४ घण्टा विद्युत सेवा बन्द हुने

काठमाडौंका यी ठाउँमा आज ४ घण्टा विद्युत सेवा बन्द हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज काठमाडौंका केही ठाउँमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ ।

प्राधिकरणले आज ए सार्वजनिक सूचना जारी गरी प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरणका अनुसार तारेभीर फिडर अन्तर्गत चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ  ।

Recent Comments

No comments to show.