यू-१९ विश्वकपः नेपाल न्यूजिल्यान्डसँग ६४ रनले पराजित

यू-१९ विश्वकपः नेपाल न्यूजिल्यान्डसँग ६४ रनले पराजित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको छ ।

दक्षिण अफ्रिकामा जारी आइसिसी यू१९ विश्वकपमा युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद  न्यूजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन मात्र बनाउन सक्यो । 

नेपालका ओपनर अर्जुन कुमालले १०४ बलमा १२ चौकासहित ९० रन एक सानदार इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।  अन्तिम विकेटका लागि तिलकराज भण्डारी र सुवास भण्डारीले ३७ रनको अविजित साझेदारी गरे । देव खनाल ३४ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए । उत्तम थापामगर, दीपक बोहरा, दीपेश कँडेलले खाता खोल्न सकेनन् ।

 अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । यो हारले सुपर सिक्स सम्भावनामा ठूलो धक्का लागेको छ ।

Recent Comments

No comments to show.