विकास निर्माणमा तीनै तहका सरकारको सहकार्य आवश्यक : रवि लामिछाने

विकास निर्माणमा तीनै तहका सरकारको सहकार्य आवश्यक : रवि लामिछाने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति तथा चितवन–२ का सांसद रवि लामिछानेले विकास निर्माणमा तीनै तहका सरकारको सहकार्य जरुरी रहेको बताए। 

चितवन र तनहुँ जोड्ने ठिमुरा पुलको शनिबार स्थलगत निरीक्षणपछि उनले सबैको सहकार्यबाट मात्र विकास निर्माण समयमै सम्पन्न हुनसक्ने धारणा राखे। 

कुनै दलगत स्वार्थ नहेरी विकास निर्माणमा सबैले पहल गरे सफल हुनेमा उनको जोड थियो। ​ठिमुरा पुल बन्न १० वर्ष लाग्नु लज्जाको विषय भएको बताउँदै उनले यसबारे आफूले खबरदारी गर्दै आएको दाबी गरे। 

“देशमा विकास आयोजना निकै सुस्तगतिमा निर्माण भइरहेका छन्। ठिमुरा पुल एउटा उदाहरण हो। यो पुल बन्न १० वर्ष कुर्नुपर्ने थिएन”, उनले भने।

उनले चितवनको सडक निर्माण, खानेपानी र विकासका आयोजनामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। 

Recent Comments

No comments to show.