काठमाडौं । संसदीय समितिले टेरामक्स र एमडिएमएससम्बन्धी सम्पूर्ण कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले टेरामक्स र एमडिएमएस सम्बन्धमा सुरुदेखि भएका नीतिगत निर्णय खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्यलगायतका विषयका कागजात बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
कागजात प्राप्त भएपछि समितिले विज्ञहरूसँग छलफल गर्ने तयारी गरेको छ।
समितिले बिहीबार सञ्चार मन्त्रालयसँग टेरामक्स र एमडीएमएस खरिदका विषयमा छलफल गरेको थियो। उक्त प्रकरणमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, गोकुल बाँस्कोटा, ज्ञानेन्द्रबहादुर कार्की सहितको नाम जोडिएर विवाद भइरहेको छ।
प्रतिक्रिया