मेलम्ची पानी कहाँ कहिले आउने ? (तालिकासहित)

मेलम्ची पानी कहाँ कहिले आउने ? (तालिकासहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन गरे । उद्घाटनपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्ची आयोजनाको पानी सार्वसाधारण उपभोक्ताको घरमा वितरण थालेको छ।

केयूकेएलले आफ्ना विभिन्न वितरण केन्द्रमार्फत काठमाडौं उपत्यकाका उपभोक्ताका धारामा पानी पठाउन थालेको हो । आलोपालो प्रणालीमार्फत मेलम्ची पानी वितरण गर्दैछ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पुनः वितरणको शुभारम्भ गरेका थिए ।

मेलम्ची खानेपानी वितरणसम्बन्धी समस्या समाधान गर्न सरकारले सहजीकरण समिति गठन गरेको जानएको छ ।

खानेपानी मन्त्रालयले मेलम्चीको खानेपानी धारा जडान नभएमा या जडान भएका धारामा पानी नआएमा तोकिएका टेलिफोन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

सम्पर्कका लागि समितिका संयोजकः पदम बहादुर कुँवर, ९८५१३२४११०, सी.डी.ई. मेलम्ची खानेपानी विकास समिति ९८५१३२४११०, सदस्यः उमेशबाबु मरहट्ठा, उप प्रबन्धक, के. यु. के. एल. ९८४१३५१५८५, सदस्यः विकेश बधानथ्याचे, सी.डी.ई. आयोजना कार्यान्वयन निर्देशनालय ९८०३०६२३६२ र सदस्यः दीपेश ढकाल के.यु.के.एल. ९८६०७४४६९६ उल्लेख छ ।

कहाँ–कहाँ गर्दै वितरण ? तालिका

Recent Comments

No comments to show.