संविधान दिवसमा माफी पाएर जेल मुक्त व्यक्ति चोरी मुद्दामा पुन पक्राउ

संविधान दिवसमा माफी पाएर जेल मुक्त व्यक्ति चोरी मुद्दामा पुन पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाटन  । संविधान दिवसमा आम माफी पाएर जेल मुक्त भएका ब्यक्ति चोरीको घटनामा पक्राउ परेका छन्।

श्रृङखलाबद्ध चोरीका घटनामा संग्लग्न रहेको आधारमा दोलखा जिल्ला शैलुङ गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ निकोसेरा बस्ने ४० बर्षीय रघुनाथ बस्नेत पक्राउ परेका हुन् । उनी राष्ट्रपति रामचन्द्र पौडलबाट आम माफी पाएर यसै वर्षको संविधान दिवसका अवसरमा असोज ३ गते जेलमुक्त भएका थिए । 

जिल्ला प्रहरी परिसर ललितपुरले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार यसअघि उनी बिरुद्ध चोरी घटनाका ९ वटा र अभद्र व्यवहारका ३ वटा गरी १२ वटा मुद्दामा कारवाही भएको थियो । 

ललितपुरको सानेपा, झम्सिखेल एसियामा विभिन्न स्थानमा श्रृङखलाबद्ध रुपमा रातको समयमा घरमा कोही नभएको मौका छोपी चोरी गरेको भन्ने निवेदन आएपछि अनुशन्धान गरी सादा पोसाकमा प्रहरी खटाई मानिस पक्राउ गरिएको प्रहरी प्रमुख शेखर खनालले बताए  ।

प्रहरी नायव निरिक्षक राजन बजगाईको नेतृत्वमा सादा पोसाकमा खटिएको टोलीले पक्राउ गरिएको उनले जानकारी दिए

Recent Comments

No comments to show.