सोनापुर मिनरल्स् एण्ड आयलले डाक्यो साधारण सभा, के के छन् प्रस्ताव ?

सोनापुर मिनरल्स् एण्ड आयलले डाक्यो साधारण सभा, के के छन् प्रस्ताव ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले माघ २६ गते शुक्रबार साधारण सभा आह्वान गरेको छ ।कम्पनीको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १६औं वार्षिक साधारण सभा माघ २६ गते शुक्रबार गर्ने तय गरेको हो।  सभा माघ २६ गते शुक्रबार होटल माला इनमा बिहान १० बजे सुरु हुने छ ।

कम्पनीले साधारणसभामा लाभांश वितरण गर्ने कुनै प्रस्ताव राखेको छैन । सभाले कम्पनी उद्देश्य थप (संशोधन) गर्ने छ । यस्तै सभाले प्रबन्धपत्र संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने छ ।

यस्तै सभाले आ.व. २०७९\०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । यस्तै सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९\०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने छ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले माघ १२ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार, माघ ११ गतेसम्म कायम शेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन्।

Recent Comments

No comments to show.