रास्वपाले सुस्त आयोजना केन्द्रित दबाब कार्यक्रम गर्ने

रास्वपाले सुस्त आयोजना केन्द्रित दबाब कार्यक्रम गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्माण सुस्त भइरहेका आयोजना केन्द्रित दबाब कार्यक्रम गर्ने निर्णय गरेको छ। 

बुधवार बसेको पार्टीको केन्द्रिय समितिको बैठकले निर्माण सुस्त भइरहेका आयोजना केन्द्रित दबाब यात्रा गर्न २७ आयोजको प्रारम्भिक सूची समेत सार्वजनिक गरेको छ।  

प्रारम्भिक चरणमा २७ आयोजनालाई प्राथमिकताको सूचीमा राखेको रास्वपाले आयोजनाहरूबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मिति समेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल पनि गठन गरेको छ।

दबाब कार्यक्रम गर्ने आयोजनाको प्रारम्भिक सूचीमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकलाई पहिलो नम्बरमा राखिएको छ भने धरहरा र मेलम्ची खानेपानी आयोजना लगायतका आयोजना पनि रहेका छन्।

यस्तो छ रास्वपाले दबाब यात्रा गर्न छनोट गरेका आयोजनाहरूको प्रारम्भिक सूचीः

Recent Comments

No comments to show.