कामना सेवा विकास बैंकको नाफा ३२.१९ प्रतिशतले बढ्यो

कामना सेवा विकास बैंकको नाफा ३२.१९ प्रतिशतले बढ्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कामना विकस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण  अनुसार पुस मसान्तसम्म बैंकको नाफा ३२.१९ प्रतिशतले बढेर २५ करोड ८९ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब २ करोड २६ हजार रुपैयाँबाट घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँमा सिमित भएको छ । यस्तै सञ्चालन नाफा २७ करोड ९८ लाख १६ हजारबाट बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ५१ करेड ८८ लाख ६० हजार रुपैयाँ रहेका छ ।

बैंकको खराब कर्जा ३.४२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा रहेको छ ।

Recent Comments

No comments to show.