प्रहरी समायोजन १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

प्रहरी समायोजन १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रहरी समायोजनको प्रक्रिया चाँडै टुंग्याउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीसँगको छलफलमा उनले उक्त निर्देशन दिएका हुन्।

‘संघीयता कार्यान्वयन जुन गतिका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन। त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको छ’, प्रधानमन्त्रीले भने, ‘यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्, अर्कोतर्फ यसैलाई बहाना बनाएर विरोधीहरूले संघीयतामाथि हमला गरिरहेका छन्।’

बैठकमा गृहमन्त्री श्रेष्ठलगायत मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र गृह मन्त्रालयका अधिकारी उपस्थित थिए। 

Recent Comments

No comments to show.