चैतमा निफको सातौँ संस्करण, ४० देशका ८८ फिल्म देखाइने

चैतमा निफको सातौँ संस्करण, ४० देशका ८८ फिल्म देखाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौँ संस्करण चैत १ गतेदेखि ५ गतेसम्म हुने भएको छ। 

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा निफको सातौँ संस्करण हुन लागेको हो। संस्करणमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि सञ्चालन हुने बताइएको छ।

६० देशबाट प्राप्त ५ सयभन्दा बढी चलचित्रबाट निफले सातौँ संस्करणमा ४० देशका ८८ वटा फिल्म छानेको नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आयोजक समितिका अध्यक्ष केपी पाठकले बताए। उनका अनुसार छनोटमा परेका धेरै चलचित्रहरू कान्स, लोकार्नो, बर्लिनाल आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन्।

महोत्सवलाई राष्ट्रिय अन्तरराष्ट्रिय दुई भागमा विभाजन गरी दुवै भागमा फिचर चलचित्र, लघु फिल्म र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने उनले बताए। प्रतिष्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रियाका कार्यक्रम पनि गरिने आयोजकले बताएको छ।

यस वर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्र क्युएफएक्स सिनेमाका शाखाहरू सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन्। मोफसलमा पहिलो संस्करण सम्पन्न गरेको निफले यो सालबाट एकै समयमा अन्य प्रदेशहरूमा पनि महोत्सव विस्तार गर्ने तयारी गरिरहेको अध्यक्ष पाठकले बताए।

महोत्सवमा अन्तरराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने बताइएको छ। महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार अमेरिकी डलर राशिको माउण्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट लघु चलवित्रलाई ५ सय अमेरिकी डलर राशिको बागमती अवार्ड प्रदान गरिनेछ।

यसैगरी नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ।

सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ।

Recent Comments

No comments to show.