त्रिविमा ट्रान्सक्रिप्टलगायत सेवा लिन लाइन बस्नुपर्ने बाध्यताको अन्त्य

त्रिविमा ट्रान्सक्रिप्टलगायत सेवा लिन लाइन बस्नुपर्ने बाध्यताको अन्त्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको मंगलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो।

सूचना अनुसार विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रमाणपत्रको प्रतिलिपी, प्रमाणपत्र सच्याउने जस्ता कामका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने र अनलाइनमार्फत नै शुल्क तिर्न सक्ने व्यवस्था गरिएको छ।

हाल काठमाडौंको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयबाट मात्र लिन सकिनेछ । त्यसका लागि लाइन बसेर निवेदन दिने र शुल्क तिर्नुपर्ने बाध्यता छ ।

Recent Comments

No comments to show.