थारु बस्तीमा माघीको उल्लास

थारु बस्तीमा माघीको उल्लास

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आज माघ १, परम्परागत माघे संक्रान्ति पर्व मुलुकभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । 

आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा मेला लाग्ने गर्दछ।

आजको दिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गएराति नै पकाइएको तरुल, चाकु, लड्डु तथा घिउलगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ ।

माघे संक्रान्तिलाई विभिन्न जाति समुदायले भिन्नभिन्नै रुपमा मनाइने चलन छ ।  थारु समुदायले माघी भनेर मनाउँछन् भने काठमाडौ उपत्यकाका नेवार समुदायले घ्यू चाकु सँल्हु’ भनेर मनाइन्छ । थारु, मगर र छन्त्याल समुदायले भने नयाँ वर्षको रुपमा यो पर्व धुमधामसँग मनाउँछन् ।

पश्चिम तराईका दाङ, बाँके, बर्दिया र कैलालीलगायत जिल्लामा माघीको विशेष रौनक छाउँछ । माघी पर्वकै अवसर पारेर राजधानीको टुँडिखेलमा थारु महोत्सवको आयोजना गरिदै आएकोमा यसवर्ष भने स्थगित गरिएको छ । सरकारले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वका रुपमा मुलुकभर सार्वजनिक बिदा दिँदै आएको छ । 

Recent Comments

No comments to show.