गाेदावरी नगरपालिका साताै मेयरकपमा आईकेओ क्युकोशिनकाइ नेपालका १२ खेलाडी बने बिजेता

गाेदावरी नगरपालिका साताै मेयरकपमा आईकेओ क्युकोशिनकाइ नेपालका १२ खेलाडी बने बिजेता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । गाेदावरी नगरपालिका साताै मेयरकप कराते प्रतियोगितामा आईकेओ क्युकोशिनकाइ नेपालका १२ खेलाडी बिजेता हुन सफल भएका छन् । 

शुक्रबारबाट भएको १९ ओैं नेपाल फुलकन्ट्याक इन्काेर्पाेरेटेड क्याेकुशिन कराते प्रतियोगिता तथा साताै मेयर कप क्याेकुशिन कराते प्रतियोगितामा सहभागी भएका १६ खेलाडीहरु मध्ये १२ जना बिजेता बन्न सफल भएका हुन् । 

प्रतियोगितामा पुरुषतर्फ २५ केजी मुनीकाे ताैल समूहमा आयुष तामाङ प्रथम र अप्रिल राई दाेस्राे हुन सफल भए । 

त्यस्तै, ३० केजी मुनीकाे ताैल समूहमा पुरुषतर्फ बुदेश तामाङ र महिलातर्फ आशिया श्रेष्ठ प्रथम हुन सफल भए भने ३५ केजी मुनीकाे ताैल समूहमा पुरुषतर्फ कृष्ण चाैधरी तेस्रो हुन सफल भए । 

४० केजी मुनीकाे ताैल समूहमा पुरुषतर्फ शेईशेई हाङयाेग लिम्बु दाेस्राे र दिप्सन राहु मगर तेस्रो तथा महिलातर्फ रञ्जिता तामाङ प्रथम हुन सफल भए। 

४५ केजी मुनीकाे ताैल समूहमा पुरुषतर्फ करन शाही, ५५ केजी मुनीकाे ताैल समुहमा पुरुषतर्फ प्रशान्त सुनुवार तेस्रो र महिलातर्फ राेहनी कस्ती प्रथम हुन सफल भइन,  भने ६० केजी मुनीकाे ताैल समुहमा पुरुषतर्फ अमित लामा दाेस्राे हुन सफल भए ।

Recent Comments

No comments to show.