गोदावरी नगरपालिका सातौ मेयरकप कराते प्रतियोगिता सम्पन्न

गोदावरी नगरपालिका सातौ मेयरकप कराते प्रतियोगिता सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर  । ललितपुरको बज्रबाराहीमा सञ्चालित १९ओैं नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते प्रतियोगिता तथा सातौ मेयर कप क्योकुशिन कराते प्रतियोगिता सम्पन्न भएको छ  ।

नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते फाउण्डेशनद्वारा शुक्रबारदेखि सञ्चालन भएको १९ ओैं नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते प्रतियोगिता तथा सातौ मेयर कप क्योकुशिन कराते प्रतियोगिता आज सम्पन्न भएको हो । 

प्रतियोगिताको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले गरेका  थिए भने समापन समारोहमा बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले बिजेता खेलाडीहरुलाई कप, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । 

प्रतियोगितामा पुरुषतर्फ २५ केजी मुनीको तौल समूहमा रिदम मगर, सुभाङ्कर सिल्वाल, बरिदजंग खड्का, आयुष तामाङ, शैलेश तामाङ र सन्दिप भुजेल प्रथम हुनुभयो भने महिलातर्फ निशा ब्लोन र रिमा बोहोरा प्रथम भए । 

३० केजी मुनीको तौल समूहमा पुरुषतर्फ सुशान दर्लामी मगर, दिबस बोहोरा, बुदेश तामाङ र दिनेश श्रेष्ठ प्रथम हुन सफल भए भने महिलातर्फ पूर्णिमा ब्लोन प्रथम हुन सफल भइन । 

३५ केजी मुनीको तौल समूहमा पुरुषतर्फ मौलिक थापा मगर, रोहित तामाङ, सुजन तामाङ र मौसम लो प्रथम हुन सफल भए । 

४० केजी मुनीको तौल समूहमा पुरुषतर्फ आशिष राई, योगेश मगर र मनोज अग्री प्रथम हुन सफल भए भने महिलातर्फ रन्जिता तामाङ र प्रनिशा तामाङ प्रथम हुन सफल भइन। 

४५ केजी मुनीको तौल समूहमा पुरुषतर्फ करण शाही, ५० केजी मुनीको तौल समुहमा पुरुषतर्फ बिराज पुलामी र महिलातर्फ सिवानी आले मगर प्रथम हुन सफल भइन । 

५५ केजी मुनीको तौल समुहमा पुरुषतर्फ चन्द्र थिङ र महिलातर्फ रोहनी कस्ती प्रथम हुन सफल भइन भने ६० केजी मुनीको तौल समुहमा पुरुषतर्फ सरोज तामाङ प्रथम हुन सफल भए । 

उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले निरन्तर भइरहने खेलकुद प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए नगरप्रमुख महर्जनले बिगत १९ बर्षदेखि बार्षिक निरन्तर भैरहेको प्रतियोगिताले खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए  । 

सबै किसिमका खेलकुद प्रतियोगिता निरन्तर रुपमा हुनु आवश्यक छ । प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा कुनै द्विविधा छैन ।ू नगरप्रमुख महर्जनले भने ।  

उनले खेलाडीहरुलाई प्रोत्सान गर्न नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गदै नियमित रुपमा प्रतियोगिता होस् भन्ने शुभकामना व्यक्त गरे।

Recent Comments

No comments to show.