राम मन्दिर प्राण प्रतिष्ठाका लागि पानीको एक थोपा पनि प्रयोग नगरिएको ४४ क्विन्टल लड्डु

राम मन्दिर प्राण प्रतिष्ठाका लागि पानीको एक थोपा पनि प्रयोग नगरिएको ४४ क्विन्टल लड्डु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 अयोध्या । भारतको अयोध्यामा आगामी माघ ८ गते हुन लागेको राम मन्दिरको प्राण प्रतिष्ठाका लागि तयारी तीव्र गतिमा भइरहेको छ । कार्यक्रममा आउने आगन्तुकका लागि आवाशदेखि सुरक्षाको व्यवस्था मिलाइएको छ । 

यसैबीच प्राण प्रतिष्ठा कार्यक्रमका लागि लड्डु बनाउने काम शुरु भएको छ । उत्तर प्रदेश र गुजरातका मजदूरहरूले देशी घिउबाट बनेको विशेष लड्डु तयार गर्दैछन् । भारतीय सञ्चारमाध्यमका यो प्रसाद देवराह बाबाले जनवरी २२ मा आउने रामभक्तहरूलाई बाँड्ने छन् ।

लड्डुको प्रसाद तयार गरी टिफिनमा प्याक गरिँदैछ । देवराह बाबाका शिष्यलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन्, ‘यो शुद्ध देसी घिउबाट बनेको लड्डु हो, जसमा एक थोपा पानी पनि प्रयोग गरिएको छैन । ६ महिनासम्म बिग्रने छैन । पहिले चाँदीको थालमा भगवान रामलालालाई बलि चढाइन्छ । यो प्रसाद भोगपछि आउने भीआईपीहरूलाई दिइनेछ।’

एउटा बक्समा कुल ११ वटा लड्डु हुनेछन् । दर्शनका लागि आउने रामभक्तहरूलाई पनि प्रसाद वितरण गरिने सो बक्समा ५ ओटा लड्डु रहने छन् । देवराह बाबाको प्रेरणामा १ हजार १११ मण लड्डु चढाइँदैछ । रामललालाई ४४ क्विन्टल लड्डु चढाइनेछ ।

भूमि पूजनका बेला पनि देवराह बाबाले ट्रस्टलाई हजारौँ क्विन्टल लड्डु दिएका थिए । ४४ क्विन्टल लड्डु बनाउन ४० जना कारिगरहरु लागेका छन्, यो लड्डुको विशेषता भनेको यसमा पानीको एक थोपा पनि प्रयोग गरिएको छैन । देवराह बाबा एक संत थिए । जसले राम मन्दिर निर्माणको भविष्यवाणी गरेका थिए। 

भगवान् रामको जन्म भएको ठाउँमा भगवान् श्रीरामको भव्य मन्दिर निर्माणको काम गरिने उनले बताएका थिए, जुन उनको सपना पूरा हुँदैछ ।

Recent Comments

No comments to show.