भालुवाङ बस दुर्घटना अपडेट: काठमाडौँ चन्द्रागिरिका पाण्डेसहित ८ जनाको सनाखत

भालुवाङ बस दुर्घटना अपडेट: काठमाडौँ चन्द्रागिरिका पाण्डेसहित ८ जनाको सनाखत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । बाँकेको नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा ज्यान गुमाएका १२ मध्ये ८ जनाको सनाखत भएको छ।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गएराति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो। तीमध्ये अहिलेसम्म ८ जनाको मात्र सनाखत भएको छ। अन्य मृतकको सनाखत हुन सकेको छैन।

शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ। 

दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचवटा एम्बुलेन्समा घाइतेलाई शिक्षण अस्पताल ल्याइएको थियो ।  

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए  राति १०ः३० बजे राप्ति नदीमा खसेको हो । प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।

यो पनि

दाङमा यात्रुबाहक बस दुर्घटना, १२ जनाको मृत्यु

Recent Comments

No comments to show.