बझाङ केन्द्र भएर भूकम्प

बझाङ केन्द्र भएर भूकम्प

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । बझाङ केन्द्र भएर भूकम्प गएको छ। शुक्रबार राति ११ बजेर ३२ मिनेटमा बझाङको पातलचौर केन्द्र भएर भूकम्प गएको हो। 

भूकम्पको तीव्रता ४.४ रेक्टर स्केल मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का बझाङसहित बैतडी, दार्चुला, बाजुरा, अछाम, डेडेलधुरा र डोटी लगायत पहाडी जिल्लामा महसुस गरिएको बताइएको छ। 

यसअघि गत पुस १५ गते पनि बझाङ नै केन्द्र भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको थियो। 

गत असोज १६ गते बझाङ नै केन्द्र भएर ५.३ रेक्टर स्केलको भूकम्प जाँदा १ जनाको मृत्यु हुनुका साथै ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको थियो। त्यसयता बजाङ केन्द्र भएर दर्जनौं भूकम्पका धक्का महसुस भएका छन्।

पछिल्लो समय देशका विभिन्न ठाउँ केन्द्र भएर भूकम्प गइरहेको छ। गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट ठूलो मात्रामा जनधनको क्षति भएको थियो।

Recent Comments

No comments to show.