७४ जिल्लामा पुग्यो नेपाल टेलिकमको एफटीटीएच सेवा

७४ जिल्लामा पुग्यो नेपाल टेलिकमको एफटीटीएच सेवा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमको फाइबर टू द होम (एफटीटीएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधवार रुकुमपूर्वमा एफटीटीएच सेवा सञ्चालनमा आएसँगै आफ्नो अप्टिकल फाइबर ७४ जिल्ला पुगेको टेलिकमले जनाएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयबाटै रुकुम पूर्वको रूकुमकोट र रुकुमपश्चिमको मुसीकोटमा एफटीटीएच नेटवर्क वितरणको भर्चुअल शुरुवात गरेकी छन् ।

उनले रुकुमपूर्व र रुकुमपश्चिमका सदरमुकाममा एकैसाथ अप्टिकल फाइबर सेवा आरम्भ गरेकी हुन् । यसबाट ग्राहकले द्रूतस्तरको इन्टरनेट, फोन र टेलिभिजन हेर्ने सुविधा प्राप्त गर्ने टेलिकमले जनाएको छ ।

मन्त्री शर्माले बाँकी तीन जिल्लामा पनि जतिसक्दो चाँडो सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिइन् ।

टेलिकमका अनुसार अब कर्णालीका हुम्ला, मुगु र डोल्पामा मात्रै अप्टिकल फाइबर पुर्‍याउन बाँकी छ । टेलिकमले चालू आर्थिक वर्षभित्र मुगु र डोल्पामा एफटीटीएच सेवा विस्तार गर्ने योजना बार्षिक कार्यक्रममै राखेकोले उक्त कामलाई शीघ्र अघि बढाउन मन्त्री शर्माले निर्देशन दिइन् ।

सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ

‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको सबै खण्डमा अप्टिकल फाइवर पुर्‍याएर यसलाई सूचना महामार्गको रुपमा स्थापित गर्ने सरकारको लक्ष्य रहेको छ’, मन्त्री शर्माले भनिन्, ‘यसबाट त्यस क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिकलगायतका समग्र क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास लिएको छु ।’

रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले सदरमुकामसम्म पुगेको द्रूत गतिको इन्टरनेट सेवालाई गाउँगाउँसम्म विस्तार गरिदिन आग्रह गरे ।

Recent Comments

No comments to show.