कोशीका सभामुखले लिए शपथ

कोशीका सभामुखले लिए शपथ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिएका छन्।

मंगलबार प्रदेशसभाबाट सभामुखमा निर्वाचित भएका विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ लिएका हुन ।

राप्रपाका समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा एमालेको समर्थनमा सभामुख बनेका हुन । सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित रहेका थिए ।

विष्ट सभामुख बनेसँगै राप्रपामा भने विवाद देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय निर्देशन समितिले कोशी प्रदेशको सभामुखमा निर्वाचित भएका अम्बरबहादुर विष्टलाई उम्मेदवारी फिर्ता लिन भनेको छ।

तर एमालेले दाबी नगरेपछि निर्विरोध निर्वाचित सभामुख विष्टले पर्शुराम खापुङबाट पद तथा गोपनियताको शपथसमेत लिइसकेका छन्।

उनले शपथ लिइसकेपछि भने राप्रपाको केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सूचना जारी गर्दै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन्।

एक सूचना जारी गर्दै लोहनीले पार्टी अध्यक्षको सहभागितामा रहेको पार्टी पदाधिकारी बैठकमा कोशी प्रदेशको सभामुख लिने वा नलिनेबारे छलफल हुँदा पार्टीले सञ्चाल गर्ने आन्दोलनलाईसमेत दृष्टिगत गर्दै उक्त पदमा जान नहुने सहमति भएको उल्लेख गरेका छन्।

Recent Comments

No comments to show.