मेरो माइक्रोफाइनान्सको साधारण सभा माघ २६ गते

मेरो माइक्रोफाइनान्सको साधारण सभा माघ २६ गते

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारण सभा माघ २६ गतेका लागि बोलाएको छ । पुष २३ गते बसेको संचालक समितिको बैठकले सिद्धार्थ होटल वाटर विदुर ४ बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा आर्थिक वर्ष २०७८–७८ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साथै, सभामा हाल कायम रहेको पूँजी संरचना संस्थापक सेयरधनीहरुको तर्फबाट ६९.४० प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फबाट ३०.६० प्रतिशत रहेकोमा सो सेयर स्वामित्व परिवर्तन गरी संस्थापक सेयरधनीको तर्फबाट ५९.४० प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फबाट ४०.६० प्रतिशत कायम गर्ने विशेष प्रस्ताव समेत पेश गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ५ गते बुक क्लोज गर्ने भएको छ ।

Recent Comments

No comments to show.