जर्मनीका फुटबलर फ्रान्ज बेकेनबाउरको निधन

जर्मनीका फुटबलर फ्रान्ज बेकेनबाउरको निधन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जर्मनीका फुटबलर फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ। 

विश्व फुटबलका महान खेलाडीमध्ये एक बेकेनबाउरले खेलाडी र प्रशिक्षकको दुवै भूमिकामा फिफा विश्वकप जितेका छन्। 

फुटबल इतिहासमा यो उपलब्धि हासिल गर्ने उनी तीन व्यक्तिमध्ये एक हुन्। उनले सन् १९७४ मा पश्चिम जर्मनीको कप्तानको रूपमा र १९९० मा प्रशिक्षकको रूपमा विश्वकप जितेका थिए।

बेकेनबाउरले सन् १९६६ को विश्वकपमा २० वर्षको उमेरमा चार गोल गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधिसमेत पाएका थिए। उनले फिफा विश्वकप, युरोपियन कप तथा सन् १९७२ र १९७६ मा दुई बालोन डिसमेत जितेका छन्।

बेकेनबाउरले जर्मन क्लब बायर्न म्युनिखका लागि सन् १९७४ देखि १९७६ सम्म लगातार तीनवटा युरोपियन कप जितेका थिए। 

Recent Comments

No comments to show.