बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ ।

बढ्दो निक्षेपको तुलनामा कर्जा विस्तार हुन नसक्दा अधिक तरलता भएपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले मंगलबार प्रणालीबाट ३५ अर्ब रुपैयाँ उठाउने भएको हो ।

राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल मार्फत १४ दिनका लागि ३५ अर्ब रुपैयाँ उठाउन लागेको हो । यसको साँवा र ब्याज भुक्तानी माघ ९ गते हुनेछ ।

यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।

केन्द्रीय बैंकले यसअघि गत साता पुस १८गते २५ अर्ब र १९ गते २० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो । प्रणालीमा पैसा थुप्रिएपछि पछिल्लो एक महिनामा मात्रै राष्ट्र बैंकले प्रणालीबाट साढे दुई खर्ब रुपैयाँ बढी तरलता खिचेको छ । यद्यपि, यस अवधिमा प्रणालीबाट खिचेको केही रकम परिपक्क भई फेरि प्रणालीमै गएको छ ।

हाल प्रणालीमा ६ खर्बभन्दा बढी तरलता थुप्रिएको छ । तरलता सहज भएसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशत हाराहारीमा आएको छ ।

Recent Comments

No comments to show.