त्रिविको उपकुलपतिका लागि पुन : दरखास्त आह्वान (सूचनासहित)

त्रिविको उपकुलपतिका लागि पुन : दरखास्त आह्वान (सूचनासहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । त्रिभुवन   विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान भएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सोमबार पुनः सूचना जारी गर्र्दैे दरखास्त आह्वान गरेको हो।

उपकुलपतिका लागि दरखास्त आह्वान गर्दै यसअघि शुक्रबार विज्ञापन जारी भएको थियो। उपकुलपतिमा दरखास्त पेस गर्न विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको भन्ने व्यवस्था गरिएपछि उक्त विज्ञापनको व्यापक विरोध भएको थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त व्यवस्था हटाएर पुन: विज्ञापन जारी गर्न निर्देशन दिएपछि यसअघि पुस २० गते, शुक्रबार प्रकाशित भएको विज्ञापन रद्द भएको थियो। 

यसअघि प्रकाशित विज्ञापनमा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको बेहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्ने उल्लेख थियो। 

उक्त व्यवस्थाको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री प्रचण्डले  विज्ञापनमा कसैलाई पनि बन्देज हुने गरी व्यवस्था नगर्न र देश तथा विदेशबाट समेत प्रतिस्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए।

नयाँ विज्ञापनमा उपकुलपतिका लागि १५ दिनभित्र दरखास्त दिन भनिएको छ। नयाँ विज्ञापनमा कुनै प्रावधान उल्लेख छैन।

Recent Comments

No comments to show.