आज २०८० पुस २३ गते साेमवार , यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज २०८० पुस २३ गते साेमवार , यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० पुस २३ गते | साेमवार ८ जनवरी २०२४। पाैष कृष्णपक्ष द्वादशी तिथि। अनुराधा नक्षत्र, २०ः०० बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्चिक।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,

कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । मन अध्यात्मतर्फ आकर्षित बन्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । व्यवसायबाट पनि लाभ हुनेछ ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

दिन सामान्य राम्रो छ। हरेक क्षेत्र सबल रहे पनि सवारी साधनमा हिँड्दा गति सुस्त गर्नु राम्रो हुन्छ। उत्तरको यात्रा नगर्नु। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो उन्नति हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तीव्र गतिको सवारी साधनमा यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँग बस्नुभयो भने दिन रमाइलो हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भए पनि नयाँ सामान खरीद गरिनेछ, तर खानपिन र स्वास्थ्यको चैं विशेष ख्याल गर्नुहोला ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दैनिकी सामान्य राम्रो छ। हरेक क्षेत्रका गोचरी राम्रा छन्। जुनसुकै कामको लागि आफ्नै मेहनत आवश्यक देखिन्छ। अरुको सहयोग लिन खोज्दा विवाद हुनेछ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिन राम्रो छ। निजी काम भन्दा परोपकार गर्नु राम्रो हुन्छ। आज गरेको कामको प्रशंसा लामो समयसम्म हुन्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दैनिकी सामान्य छ। मनमा चञ्चलता बढ्नेछ। निराशाको मनोवृत्तिले काममा मन नजान सक्छ। सूर्यको दर्शन गरेर गरेको काममा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग पाइने छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आजको दिन राम्रो छ। शिक्षा, स्वास्थ्य र रोजगारीमा फाइदा हुन्छ। राज्यको तर्फबाट मानसम्मान प्राप्त हुने योग देखिन्छ। पारिवारिक सम्बन्धमा समस्या हुने भएकाले सोचेर बोल्नु राम्रो हुन्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

संघर्ष गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। हरेक क्षेत्रको नेतृत्व आफैले गर्नु राम्रो हुन्छ। परिवारको साथले दिन खुशीका साथ बित्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

तनावले सताउने देखिन्छ। भए नभएका आरोप सुन्नुपर्ने हुनसक्छ। नसोचेको साथीको साथ मिल्नसक्छ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुने योग रहेको छ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिन राम्रो छ। बोली अर्थपूर्ण हुनेछ। थोरै लगानीबाट धेरै मुनाफा हुनेछ। स्वास्थ्य र शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सफल हुनेछ।

राशिफल  जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । 

Recent Comments

No comments to show.