काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल आजबाट सकिएको छ ।
उनी २०७८ फागुन ५ गते अध्यक्ष नियुक्त भएका थिए ।
नेपालको दीर्घकालीन आर्थिक समृद्धिमा सहयोगी हुन कयौं सकारात्मक सुधारका प्रयास शुरु भएको अध्यक्ष हमालले बताए । स्टार्ट अफ तथा उद्यमशीलता विकास र पूँजी निर्माणकाृ सबलीकरण एवम् एसएमइ को मध्यमले एक नयाँ आयाम सिर्जना गर्नेछ, अध्यक्ष हमालले आज प्रकाशित कृतज्ञता पत्रमा उल्लेख गरेका छन् ।
लगानीकर्ताको हित संरक्षणमा निरन्तरता दिनुका साथै विशेष गरी स्तुतिको संस्कारबाट कार्यसम्पादन संस्कारको रुपान्तरणमा एक दियो बालेर यो यात्रा समाप्त भएको हमालले उल्लेख गरे ।
यस्ता छन् हमालले आफ्नो कार्यकालमा गरेका कामहरू





Comment