नाडा अध्यक्षमा करण चौधरी निर्विरोध

नाडा अध्यक्षमा करण चौधरी निर्विरोध

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी  निर्बिरोध निर्वाचित भएका छन् । चौधरीलाई नाडाको ४७औं वार्षिक साधारणसभाले अध्यक्षमा चयन गरेको हो ।

निर्वाचित हुने कार्यसमिति सदस्यहरूमा राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ, आकाश गोल्छा, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल छन्। 

त्यस्तै दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल,  प्रदीपमान प्रधान, सञ्‍जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध चुनिएका छन्। 

यसैगरी संस्थागत तर्फबाट चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्‍चिमाञ्‍चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली पश्‍चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्‍चिम अटोमोबाइल्स डिलर्स एसोसिएउसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोध चयन भएका छन्।

Recent Comments

No comments to show.