काठमाडौं । लतिपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा तुलसीबहादुर श्रेष्ठको सरुवा भएको छ । बालकुमारी घटनापछि तत्कालीन सीडीओ रुद्धप्रसाद पण्डित गृह मन्त्रालय तानिएका थिए । त्यसपछि रिक्त भएको सीडीओमा गृह मन्त्रालयले मन्त्रालयको आन्तरिक महाशाखामा कार्यररत श्रेष्ठलाई पठाएको हो ।
यस्तै बालकुमारी घटनापछि तत्कालीन ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धीविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएपछि सो रिक्त स्थानमा एसएसपी शेखर खनालको सरूवा गरिएको छ ।
प्रतिक्रिया