बीवाइडीले एक वर्षमै बेच्यो ३० लाख बढी गाडी

बीवाइडीले एक वर्षमै बेच्यो ३० लाख बढी गाडी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले एक वर्षमै ३० लाख बढी सवारीसाधन बिक्री गरेको छ । कम्पनीले सन् २०२३ मा ३० लाख २४ हजार ४१७ वटा विद्युतीय गाडी बेचेको हो ।

सन् २०२२ को तुलनामा २०२३ का गाडी बिक्री ६१.८ प्रतिशतले बढेको कम्पनीले जानकारी दिएको छ । बीवाइडीले वर्षको अन्तिम महिना डिसेम्बरमा मात्रै ३ लाख ४१ हजार ४३ यूनिट न्यू इनर्जी भेहिकल (एनईभी) बिक्री गरेको थियो।

कम्पनीले सन् २०२२ का पनि १८ लाख ६० हजार ईर्भी बेच्दै बिक्रीमा नयाँ रेकर्ड बनाएको थियो । दिगो पर्यावरणीय संरक्षण र नवीन प्रविधि विकासप्रतिको प्रतिबद्धताले नै बीवाइडीलाई विश्व ईभी बजारमा नयाँ उचाइमा पुर्याएको कम्पनीले बताएको छ ।

२०२३ नोभेम्बरमा कम्पनीले ६० लाख विद्युतीय गाडी उत्पादनको काइलस्टोन पूरा गरेको थियो । कम्पनीका कर्मचारीको अथक मेहनतसँगै गुणस्तर र उत्कृष्टताले ग्राहको पहिलो रोजाइ बन्न सफल भएको कम्पनीको भनाइ छ ।

Recent Comments

No comments to show.