नेपाल आइपुगे भारतीय विदेशमन्त्री

नेपाल आइपुगे भारतीय विदेशमन्त्री

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय विदेशमन्त्री डा एस जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आइपुगेका छन् । 

भारतीय विशेष विमानमार्फत बिहीबार बिहान उनी यहाँ आइपुगेका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाईलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गरे । 

संयुक्त आयोगको बैठक यही पुस १९ र २० गते काठमाडौंमा हुँदैछ । संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री साउद र उनका भारतीय समकक्षी डा जयशङ्करले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । बैठकले द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री डा जयशङ्करले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै राष्ट्रपतिको कार्यालयमा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने तालिका छ । यसैगरी आजै दिउँसो होटल याक एण्ड यतीमा संयुक्त आयोगको बैठक बस्ने र सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदले भारतीय समकक्षी र प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्नैछन् । विदेशमन्त्री डा जयशङ्करले भोलि शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुनःनिर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । विदेशमन्त्री डा जयशङ्कर भोलि नै स्वदेश फर्कनेछन् । 

Recent Comments

No comments to show.