एमालेलाई राष्ट्रिय शक्तिकारूपमा स्थापित गर्नुपर्छ : शंकर पोखरेल

एमालेलाई राष्ट्रिय शक्तिकारूपमा स्थापित गर्नुपर्छ : शंकर पोखरेल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको आवश्यकताका हिसाबले एमालेको सामर्थ्य कमजोर रहेको बताएका छन् ।
राष्ट्रिय अपांगता संगठन नेपालको १६औँ स्थापना दिवसका अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रम उनले एमालेलाई राष्ट्रिय आवश्यकता पूरा गर्नसक्ने बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी भएको बताए ।
देशलाई आर्थिक समस्याबाट मुक्त गर्नेजस्ता चुनौतीबाट बाहिर निकाल्ने संकल्पकासाथ पार्टी लाग्नुपर्ने बताउँदै उनले मुलुकलाई जोगाउन एमाले बलियो राष्ट्रिय पार्टीकारुपमा स्थापित हुन जरुरी रहेको बताए ।
महासचिव पोखरेलले सबैको प्रयासले एमाले अहिलेको ठाउँमा उभिन सफल भएको भन्दै उनले त्यसमा सन्तुष्ट भएर बस्न नहुने बताए।
उनले पार्टीको संगठनको दायरा फराकिलो बनाउन लागिरहेको भन्दै सबै समुदायलाई संगठति गरेर पार्टीसँग जोड्नुपर्ने बताए ।
महासचिव पोखरेलले अपाङ्गताका नाममा भएका सामाजिक विभेद र उपेक्षालाई राज्यको कानुन र संरचनागत प्रबन्धद्वारा हटाउनुपर्ने बताए । उनले अपांगता भएकाहरुको सम्मान गर्नुपर्नेमा जोड दिए ।

Recent Comments

No comments to show.