राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसार प्रतिनिधित्व हुन सकेन : गगन थापा

राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसार प्रतिनिधित्व हुन सकेन : गगन थापा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व हुन नसकेको बताएका छन् । 

काठमाडौंमा बुधबार पूर्वकर्मचारी समाज नेपालको स्मारिका बिमोचन कार्यक्रममा थापाले राष्ट्रियसभामा बिषयविज्ञहरुको प्रतिनिधित्व हुनुपर्ने परिकल्पना गरे पनि त्यसो हुन नसकेको उनले बताए ।

राष्ट्रियसभा निर्वाचनमा उम्मेद्वार छनौट गर्ने बिषयमा पार्टीहरुले सिफारिस गर्ने व्यक्तिका बारेमा संविधान अनुरुपको बहस नै नहुने अवस्था रहेको उनले उल्लेख गरे ।

दलभित्रको निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुदा राष्ट्रियसभा सदस्य छनौटमा समस्या देखिएको उनको भनाइ थियो । 

Recent Comments

No comments to show.