विदेश पठाइदिने भन्दै १० करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

विदेश पठाइदिने भन्दै १० करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै १० करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेरोजगार युवाहरुलाई विदेश पठाउने सपना देखाएर विभिन्न व्यक्तिबाट रकम असुल्दै आएका ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ का ४७ वर्षीय लालबहादुर लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौंको महाराजगञ्जमा ‘सी स्टार ट्रेनिङ सेन्टर’ सञ्चालन गरेका उनले लिथोनिया, क्यानडा, सिङ्गापुरलगायत देशमा आकर्षक पारिश्रमिक पाइने प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग उक्त रकम असुलेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनले पीडितहरूबाट ५ लाखदेखि १५ लाख रुपैयाँसम्म असुलेको तर वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्तिलाई सिङ्गापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको अनुसन्धानको क्रममा खुलेको छ ।

उक्त ट्रेनिङ सेन्टरबाट प्रहरीले ९९७ थान राहदानी बरामद गरेको छ भने पक्राउ परेका लालबहादुरलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

Recent Comments

No comments to show.