काठमाडौं । सरकारले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्तालाई आफूले पाउनुपर्ने रकम मागदाबीका लागि आवेदन पेश गर्न आग्रह गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनलाइनमार्फत् मागदाबी गर्न भनेको हो।
www.coopmc.gov.np मा गई आफूले पाउनुपर्ने रकमको प्रमाणसहित दाबी गर्न सकिने सूचनामा उल्लेख छ। शिवशिखर सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गत भदौ २५ गते समस्याग्रस्त घोषणा गरेको थियो।
सहकारीको ऐन नियम, मूल्यमान्यता विपरीतको कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेमा सहकारी ऐन २०७४ अनुसार सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सम्बन्धित मन्त्रालयले समस्याग्रस्त घोषणा गर्न सक्नेछ।
भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखरले देशका ३५ जिल्लामा शखा कार्यालय संचालन गरी निक्षेपकर्ताबाट रकम उठाएको थियो। सहकारीका संचालकले डेढ लाखभन्दा धेरै बचतकर्ताको अर्बाैं रकम हिनामिना गरेका छन्।
प्रतिक्रिया