काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको पुष १६ गते बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।
प्रतिक्रिया