चिसो बढेसँगै घटे कञ्चनजङ्घामा पर्यटक

चिसो बढेसँगै घटे कञ्चनजङ्घामा पर्यटक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फुङ्लिङ । चिसो बढेसँगै कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने  पर्यटकको सङ्ख्यामा कमी आएको छ। केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए। 

पर्यटक नआएपछि यहाँका होटल–लज पनि बन्द भएका छन्। यहाँका होटल सञ्चालक सदरमकाम फुङ्लिङ झरेका छन्। केही काठमाडौं पुगेका छन्। 

चियो याम प्रारम्भ हुनुअघिसम्म पर्यटकको उल्लेख्य आगमन भएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी तेन्जिङ शेर्पाले बताए।

असोजदेखि पुससम्ममा विभिन्न देशका ७६० जना पर्यटक यो क्षेत्रमा आएको उनले जानकारी दिए। आन्तरिक पर्यटकको संख्या पनि राम्रो थियो। ‘कोरोना महामारीपछि पहिलोपटक यो वर्ष धेरै पर्यटक कञ्चजङ्घा क्षेत्र आएका थिए। 

Recent Comments

No comments to show.